शुक्रबार, कात्तिक १३, २०८३

तारकेश्वरमा ४० मतदान केन्द्र

१४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले जानकारी दिइन्। तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिएका छन्।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौँको तारकेश्वर नगरपालिकामा ४० मतदान केन्द्र कायम गरिएको छ। 

१४ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने तारकेश्वर नगरपालिकाका निर्वाचन अधिकृत सपला पोखरेलले  जानकारी दिइन्। तारकेश्वरमा ५७ पदका लागि २७२ जनाले उम्मेदवारी दिएका छन्। तीमध्ये नगरप्रमुखमा १६ र उपप्रमुखमा छ जनाले उम्मेदवारी दिएको जनाइएको छ। उक्त नगरपालिकामा विभिन्न १० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।

निर्वाचनमा खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको उनले बताए। यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उनको भनाइ छ।

काठमाडौं जिल्लाको उत्तर पश्चिम क्षेत्रमा रहेका साङ्ला, जीतपुरफेदी, काभ्रेस्थली, धर्मस्थली, गोलढुङ्गा, मनमैजु र फुटुङ गाउँ विकास समिति मिलाएर बनाइएको तारकेश्वरमा ११ वडा कार्यालय छन्।

तारकेश्वरमा कूल ३५ हजार ८२ मतदाता छन्। तारकेश्वरमा नेपाली कांग्रेसबाट प्रमुखमा कृष्णहरि महर्जन र उपप्रमुखमा सिर्जना बुर्लाकोटी, नेकपा (एमाले)बाट प्रमुखमा रामेश्वर बोहोरा र उपप्रमुखमा भवानी डोटेल उम्मेदवार छन्।


प्रकाशित: May 09, 2022| 11:20 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...