काठमाडौं- सोमबार नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि देखिएको छ। आइतबारको तुलनामा सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा पुगेको छ भने तेजावी सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२८५ रुपैयाँमा कारोबार भइरहेको छ।