सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कार्यकर्ताको हत्यापछि चितवन कांग्रेस आक्रोशित, दोषीलाई कारबाहीको माग

कार्यकर्ताको हत्यापछि चितवन कांग्रेस आक्रोशित, दोषीलाई कारबाहीको माग

चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। भरतपुर-१२ निवासी अनिल परियार (कान)को साँझ ७:३० बजे धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

चितवन- चितवनको भरतपुरमा नेपाली कांग्रेसका कार्यकर्ताको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। भरतपुर-१२ निवासी अनिल परियार (कान)को साँझ ७:३० बजे  धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।

उनी नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधिसमेत हुन्। आफ्ना कार्यकर्ताको हत्यापछि नेपाली कांग्रेस चितवन आक्रोशित भएको छ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले दोषीलाई तत्काल कारबाहीको माग गरेका छन्। 'उनको भरतपुर-७ कृष्णपुर खेलमैदान अगाडि भिडभाड हुने समयमै हत्या गरिएको छ। यसले हाम्रा कार्यकर्ता निकै असुरक्षित रहेको महसुस भएको छ,' नेपाल समयसँग कुरा गर्दै उनले भने, 'दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गरियोस्।'

खनालले गृह मन्त्रालयलाई पत्राचार गरेर दोषीलाई कारबाही गर्नुका साथै उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरिएको बताएका छन्। उनले स्थानीय प्रहरी प्रशासनलाई पनि तत्काल दोषी पत्ता लगाइ कानुनी दायरामा ल्याउन माग गरिएको बताएका छन्।

'हामी गठबन्धनमा आबद्ध नेताहरूले केही बेरमा संयुक्त विज्ञप्ति जारी गर्दै छौं। पछिल्लो एक महिनामै चितवनमा एउटै प्रकृतिका तीन हत्याका घटना भएका छन्। यसले यहाँको कमजोर सुरक्षाव्यवस्था प्रस्ट भएको छ। चितवनमा सुरक्षा व्यवस्था बलियो बनाउन हाम्रो माग छ,' उनले भने।

अज्ञात समूहले आक्रमण गरेको थियो। उनको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

यसका साथै ती युवाको हत्या भएपछि भरतपुरका दुई स्थानमा टायर बालिएको छ। मिलनचोक र आस्था चोकमा टायर बालिएको हो। तर, कसले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी अधिकारीले हत्याराको खोजी भइरहेको बताए। उनले कुनै पनि हालतमा दोषी उम्किन नपाउने बताएका छन्।

प्रकाशित: May 09, 2022| 09:33 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।