शुक्रबार, असार ५, २०८३

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

उदयपुरको त्रियुगा नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

उदयपुर- उदयपुरको त्रियुगा नगरपालिका-३ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य एक जना घाइते भएका छन्। 

National life

मोतिगडा–फत्तेपुर सडकखण्ड अन्तर्गतको नेपाली सेनाको १८ नम्बर बाहिनी नजिक आइतबार राती प्रदेश १–०५–००१.प.४४६८ नम्बरको डिस्कोभर मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो। 

दुर्घटनामा मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका-१ पूर्व टोल जोगिदका २१ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको हो। चालक १८ वर्षीय अभिषेक चौधरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तोष आचार्यले बताए। 

घाइते अभिषेकको अवस्था गम्भीर रहेकोले जिल्ला अस्पतालमा प्रारम्भिक उपचारपछि बाहिर पठाइएको उनले बताए। 

प्रकाशित: May 09, 2022| 08:40 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।