सोमबार, साउन २५, २०८३

पर्वतमा चारदिनका लागि सेवा स्थगित

आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

पर्वत- आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ। 

निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ। नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ।

त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि बन्द हुने भएका छन्। निर्वाचनमा एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन्। 

यसैगरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको छ। निर्वाचनलाई लक्षित गरी  प्रशासनले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न नगराउन आदेश जारी गरेको छ। 

मदिरा सेवनका कारण समाजमा होहल्ला, झैझगडा तथा गैरकानुनी र अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रजिअ सापकोटाले बताउनुभयो। त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनबाहेकका सवारी साधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न/नगराउन पनि प्रशासन अनुरोध गरेको छ।

प्रशासनले जारी सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे÷गराईएको पाइएमा कानुन अनुसार कारबाही गरिनेसमेत प्रजिअ सापकोटाले बताए।

प्रकाशित: May 09, 2022| 08:26 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।