शुक्रबार, असार ५, २०८३

युवकको हत्यापछि बिहानैदेखि अशान्त बन्यो भरतपुर

यसैबीच बिहानै भरतपुरका दुई चोकमा टायर बालिएको छ। मिलनचोक र आस्था चोकमा टायर बालिएको हो। तर, कसले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

चितवन- चितवनको भरतपुरमा एक युवाको हत्या भएपछि स्थानीय दुई स्थानमा टाएर बालिएको छ। आइतबार साँझ ७:३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान)को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको थियो।

National life

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले परियारको अज्ञात समूहले हत्या गरेको बताएका छन्। भरतपुर-७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच बिहानै भरतपुरका दुई चोकमा टायर बालिएको छ। मिलनचोक र आस्था चोकमा टायर बालिएको हो। तर, कसले टायर बालेको भन्ने थाहा नभएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 09, 2022| 07:20 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।