शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भरतपुरमा कांग्रेसका बागमती प्रदेश प्रतिनिधि परियारको हत्या

भरतपुरमा कांग्रेसका बागमती प्रदेश प्रतिनिधि परियारको हत्या

आइतबार साँझ ७:३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान)को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले जनाएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

चितवन- चितवनको भरतपुरमा एक युवाको हत्या भएको छ। आइतबार साँझ ७:३० बजे भरतपुर-१२ निवासी अनिल परियार (कान)को धारिलो हतियार प्रयोग गरि हत्या गरिएको प्रहरीले जनाएको छ।

National life

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरी अधिकारीले घटनाबारे  जानकारी दिएका छन्। उनले परियारलाई भरतपुर-७ कृष्णपुर खेलमैदान अगाडि अज्ञात समूहले आक्रमण गरेको बताएका छन्।

परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको अधिकारीले बताए। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

उनी नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधिसमेत रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: May 09, 2022| 07:10 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।