काठमाडौं- नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ ७७ पैसा र बिक्री दर १२३ रुपैयाँ ३७ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ५६ पैसा र बिक्री दर १३० रुपैयाँ १९ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५१ रुपैयाँ ४८ पैसा र बिक्री दर १५२ रुपैयाँ २२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ १५ पैसा र बिक्री दर १२४ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ९ पैसा र बिक्री दर ८७ रुपैयाँ ३२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५८ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४ पैसा र बिक्री दर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४२ पैसा र बिक्री दर १८ रुपैयाँ ५१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ७३ पैसा र बिक्री दर ३२ रुपैयाँ ८९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ५२ पैसा र बिक्री दर ३३ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ०९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर