शुक्रबार, असार ५, २०८३

काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा हुने

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको संयुक्त प्रभाव रहेको विभागले जनाएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- वागमतीसहित केही प्रदेशमा आज मेघगर्जनसहित पानी पर्ने भएको छ। आज बिहानैदेखि वाग्मतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। देशका अन्य पहाडी भूभागमा आंशिक बदली रहेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

National life

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा मौसम सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का  वर्षाको सम्भावना रहेको छ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार–पश्चिम बङ्गालमा बनेको न्यूनचापीय प्रणालीको  संयुक्त प्रभाव रहेको विभागले जनाएको छ।

प्रकाशित: May 09, 2022| 06:23 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।