काठमाडौ– सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका पहिलेदेखि नै समय समयमा चर्चामा आइरहन्छ। यस गाउँपालिकाको वडा नम्बर ६ का दुई नेता पंचायती शासन व्यवस्था र बहुदलपछि पनि मन्त्री भइसकेका छन्।
पंचायती शासन व्यवस्थामा वन मन्त्री बनेको नेत्रविक्रम थापा (ठूलो काजी, जसको जीवनीमा आधारित टेलिसिरियल, अविरल बग्दछ इन्द्रावतीसमेत बनेको थियो) बहुदलपछि मन्त्री बनेका विष्णुविक्रम थापा दुवै त्यस क्षेत्रका चर्चित नेता हुन्। नेत्रविक्रम थापाको देहवासन भइसकेको छ भने विष्णुविक्रम राप्रपाबाट नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। योपालीको स्थानीय निकायको चुनावमा उनी नेपाली कांग्रेसका गाउँपालिकाको उम्मेदवार विकास लामालाई जिताउन लागिपरेका छन्।
त्यस्तै स्थानीय निकाय गठनपछि अमेरिकाबाट नेपाल फर्केपछि नेपाली कांग्रेसबाट अध्यक्षमा विजयी भएका वंशलाल तामाङले पनि गाउँपालिकालाई समयसमयमा चर्चामा ल्याइरहेका छन्। अमेरिकाको जर्सी सिटिसँग भगिनीसम्बन्ध गाँसेर र नमूना गाउँपालिका भवन बनाएर उनले गाउँपालिकालाई चर्चामा ल्याउने काम गरेका थिए।
त्यसैले होला इन्द्रावती गाउँपालिका स्थानीय चुनावको समयमा पनि चर्चामा छ। वडा नम्वर ६ का ८० घर परिवारले भोट नहाल्ने (नो भो अभियान चलाएपछि) भनेपछि उनीहरुलाई रिझाउन शनिबार नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका गाउँपालिका अध्यक्षको उमेदवार क्रमशः विकास लामा, झम्क नेपाल र ठूलोबाबु श्रेष्ठको उमेदवारको टोली आएर भेटेर आफूलाई भोट हालेमा माग पुरा गरिदिने वाचा समेत गरेर गए।
जिल्ला सभापतिका उमेदवार वंशलाल तामाङलाई मोहन बस्नेतको प्यानलमा रहेर लामाले सभापतिमा हराएका थिए। आफ्नै गाउँपालिकाको नेतालाई माथि जानबाट रोक्ने लामालाई अध्यक्ष हुन नदिने दाउमा वंशलाल रहेका छन्।
सो पालिकामा अहिले त्रिपक्षीय भिडन्त छ। नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति विकास लामा गाउँपालिका अध्यक्षको उमेदवार छन्। त्यस्तै नेकपा एमालेको पुव जिल्ला अध्यक्ष रहेका झम्क नेपाल पनि सोही गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका छन्। माओवादी केन्द्रको भने ग्रिल व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका ठूलोबाबु श्रेष्ठ गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका छन्।
नेपाली कांग्रेसले २०० मतले जितेको यो पालिकामा यसपालि वर्चस्व कायम राख्न कठिन छ।
राप्रपाबाट केही नेता नेपाली कांग्रेसमा आएपनि जिल्ला अधिवेशनमा भएको निर्वाचनले यसपाली लामालाई ठूलो चोट दिने खतरा छ। जिल्ला सभापतिका उमेदवार वंशलाल तामाङलाई मोहन बस्नेतको प्यानलमा रहेर लामाले सभापतिमा हराएका थिए। आफ्नै गाउँपालिकाको नेतालाई माथि जानबाट रोक्ने लामालाई अध्यक्ष हुन नदिने दाउमा वंशलाल छन्।
उनका नजिकका नेताहरुका अनुसार तामाङले लामा हराउनका लागि जे पनि गर्ने भन्दै आइरहेका छन्। तर विकास लामाले जित्नका लागि राजु गोर्खालीलाई आफ्नो नजिकै घर किन्न लगाएर राखेका स्थानीयले टिप्पणी गर्छन्। गोर्खाली गुन्डा पृष्ठभूमिका मानिन्छन्।
लामाले गुण्डागर्दीको राजनीतिमा हात हालेको भन्दै केही इमान्दार कांग्रेस कार्यकर्ता भने रिसाएका छन्। जसले लामाको मत काट्ने पक्का छ।
स्थानीय नेताहरु पनि यसपाली एमालेले जित्नेमा ढुक्क छन्। उनीहरुका अनुसार गाउँपालिका वडा नम्बर १,५,६, ७, ९, १०, ११ एमालेको पोल्टामा छ भने २ र ८, १२ माओवादीको पोल्टामा छ।
उता नेकपा एमालेले भने पहिले अध्यक्ष वंशलालसँग हारेका नेपाललाई पुनः अध्यक्षको उमेदवार बनाएको छ। अघिल्लो चुनावमा पैसाको खोलो बगेकोले आफ्नो इमान्दारिता काम नलागे पनि यसपाली भने जित्ने पुरा भरोसा रहेको नेपाल बताउँछन्।
अघिल्लो चुनावमा पैसाको चलखेल भएको हामीले जानकारी पाएका थियौँ तर एमालेले त्यसो नगर्ने भएकोले इमान्दार कार्यकर्ताहरुले हालेको भोट मात्र आफूले पाएकोले हारेपनि यसपाली भने जनताहरुले आफूलाई जिताएर न्याय गर्ने बताए।
त्यस्तै नेकपा माओवादीका गाउँपालिका अध्यक्षका उमेदवार ठूलोबाबु श्रेष्ठ पनि आफू जित्नेमा ढुक्क रहेको बताउँछन्।
स्थानीय नेताहरू पनि यसपाली एमालेले जित्नेमा ढुक्क छन्। उनीहरुका अनुसार गाउँपालिका वडा नम्बर १,५,६, ७, ९, १०, ११ एमालेको पोल्टामा छ भने २ र ८, १२ माओवादीको पोल्टामा छ। बाँकी ३ र ४ भने नेपाली कांग्रेसको पोल्टामा रहेकोले एमालेले जित्ने स्थानीय एमाले नेता शशिनाथ आचार्य दावी गर्छन्।
अघिल्लो चुनावमा पनि यी सवै क्षेत्रमा एमालेले जितेपनि गाउँपालिकाको अध्यक्ष भने नेपाली कांग्रेसले जितेको थियो। तर अब भने त्यो अवस्था नआउने एमाले नेताहरुको बुझाइ रहेको छ।