बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाको अध्यक्षमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

इसेवाको अध्यक्षमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्।

National life

बैंक तथा वित्तीय क्षेत्रमा सफल मानिएका कुँवरलाई सञ्चालक समितिले कम्पनीको अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष कुवँरले बुधबार नेपाल राष्ट्र बैंक भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

बैंकिङ क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव संगालेका कुँवरले सन् १९८६ देखि तत्कालिन ग्रिण्डलेज (हाल स्टाण्डर्ड चाटर्ड) बैंक लिमिटेडबाट आफ्नो बैंकिङ करियर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलमा वरिष्ठ पदमा कार्यरत हुँदै बैंक अफ एशिया, जनता बैंक र ग्लोबल आइएमइ बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सफलता पूर्वक निर्वाह गरिसकसेका छन्। सन् २०२० को जुलाईमा मा ग्लोबल आइएमई बैंंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका उनले पछिल्ला दिनमा बैंक तथा वित्तीय क्षेत्रका विभिन्न तहका कर्मचारीहरूलाई कर्जा र जोखिम सम्बन्धी  तालिम प्रदान गर्दै आएका छन्।

इसेवामा अध्यक्षको रूपमा आफ्नो कार्यभार सम्हाल्दै नवनियुक्त अध्यक्ष कुँवरले डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडि बढाउन इसेवाले नेतृत्वदायी भूमिका निभाउँदै आएको बताए। इसेवाको कर्पोरेट गभर्नेन्स, रणनीतिक मूल्य र कम्प्लायन्सको क्षेत्रमा आफ्ना अनुभव सेयर गर्दै कम्पनीलाई अझ धेरै उचाइमा पुर्याउन भूमिका खेल्ने उनले बताए।

प्रकाशित: May 08, 2022| 17:38 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्