सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवाको अध्यक्षमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

इसेवाको अध्यक्षमा पूर्वबैंकर परशुराम कुँवर क्षेत्री नियुक्त

नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– संसारका दुई सयभन्दा बढी मुलुकबाट डिजिटल प्रविधिमार्फत सुलभ दरमा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्सफर कम्पनी स्मिथ एण्ड स्मिथबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै, रोमानियामा अध्ययन, काम तथा बसोवास गर्दै आएका नेपालीहरुले नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, स्मिथ एण्ड स्मिथका रोमानिया भरी रहेका कुनै पनि शाखाबाट सिधै  नेपालमा सम्बन्धित व्यक्तिको बैंक खातामा पैसा पठाउन सक्नेछन् । 

साथै देशभरी ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा समेत तुरुन्तै रकम पठाउन सकिन्छ । यसैगरि रोमानियाको स्मिथ एण्ड स्मिथबाट आएको रेमिट्यान्स नेपालभर रहेका इसेवा मनि ट्रान्सफरका १८ हजार भन्दा धेरै एजेण्ट तथा नेटवर्कको सञ्जालबाट समेत तुरुन्तै प्राप्त गर्न सकिनेछ  । इसेवा वालेटमा रेमिट्यान्स् पठाउँदा अतिरिक्त रु. ७७ बोनस रकम समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । हाल इसेवा मनी ट्रान्सफरको रेमिटोत्सव’ योजना चलिरहेको हुनाले स्मिथ एण्ड स्मिथबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपाल पैसा पठाउँदा दैनिक रु. ५,००० तथा बम्परमा रु. ५०,००० रुपैयाँ समेत जित्न सकिने कम्पनीको भनाइ छ।

रेमिट्यान्स भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र स्मिथ एण्ड स्मिथबाट प्रशासक जर्जेटा पोक्नेजले हस्ताक्षर गरेका छन्।

प्रकाशित: May 08, 2022| 17:37 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्