सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रममा सूचीकृत

नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रममा सूचीकृत

नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडीएसँग सम्झौता गरेको छ ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– नबिल बैंकले युएस डिपार्टमेन्ट अफ एग्रिकल्चरद्वारा संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरणका लागि युएसडीएसँग सम्झौता गरेको छ । नबिल बैंक युएसडीए कार्यालयबाट गरिएको उच्चस्तरीय मूल्याकंनपछि यस कार्यक्रम अन्तर्गत सूचीकृत हुने नेपालको पहिलो र एकमात्र बैंक हो ।

यो व्यवस्थासँगै नबिल बैंकले युएसडीएबाट निर्यात क्रेडिट ग्यारेन्टी सीमाको सुविधा प्रयोग गर्न सक्नेछ ।  युएसडीए कार्यक्रम अन्तर्गत सामानहरू आयात गर्न नबिल बैंकले आफ्ना ग्राहकहरूको तर्फबाट जारी गरेको प्रतित पत्रमा तेस्रो बैंकहरूबाट प्रमाणीकरण गरिरहनु पर्नेछैन । यस व्यवस्था अन्तर्गत अमेरिकी निर्यातकर्ताहरूले नबिल बैंकले जारी गरेको अपरिवर्तनीय प्रतित पत्र मार्फत सोझै अमेरिकी बैंकहरूबाट वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन् ।

युएसडीएको निर्यात ऋण ग्यारेन्टी कार्यक्रम अन्तर्गत नेपाल र नबिल बैंक सूचीकृत हुनु नेपाल र नबिल बैंकको अन्तर्राष्ट्रिय पहु“च र मान्यतालाई विश्वव्यापी रूपमा स्थापित गर्ने प्रयासमा अर्को कोसेढुंगा भएको बैंकले जनाएको छ।

प्रकाशित: May 08, 2022| 18:50 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्