बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बै‌क र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बै‌क र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

ग्लोबल आइएमई बै‌क लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्ध केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– ग्लोबल आइएमई बै‌क लिमिटेड तथा बैकल्पिक ऊर्जा प्रवर्द्ध केन्द्रबीच विभिन्न सौर्य मिनी ग्रिड परियोजनाहरुमा निर्माण सम्बन्धमा सम्झौता सम्पन्न भएको छ ।

National life

उक्त सम्झौता अनुसार नेपाल सरकार तथा बैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच भएको सहायक ऋण सम्झौता बमोजिम आयोजना कार्यान्वयनको लागि केन्द्रले बैंकलाई रकम उपलब्ध गराउने छ  र उक्त रकम ग्लोबल आइएमई बैंकले १०० केडब्लुपी सौर्य मिनी ग्रिड परियोजना  निर्माण, जडान तथा विद्युत वितरण कार्यको लागि ऋणको रूपमा उपलव्ध गराउने छ ।

बुधबार उक्त समझदारीपत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले ऋण सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। बैंकले यस्ता किसिमका परियोजनाहरुमा लगानी गर्नुका साथसाथै साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न विभिन्न वित्तीय सुविधाहरु प्रदान गर्दै व्यवसाय वृद्धिको लागि सहयोग गर्ने लक्ष्य अनुसार यस सम्भौताअन्तर्गत देशको दुर दराजमा सञ्चालन हुने साना परियोजनाहरु विभिन्न बैंकिङ्ग सुविधा प्रदान गर्ने छ । 


प्रकाशित: May 08, 2022| 18:40 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्