शुक्रबार, कात्तिक १३, २०८३

कांग्रेस कार्यकर्ताले फेरि रेणुलाई भोट हाले प्रचण्डका आफन्त २० वर्ष बोक्नुपर्छ : ओली

सभामा उनले प्रचण्डको धम्कीको कुनै अर्थ नभएकोसमेत बताए। 'कसैले धम्की दिँदैमा दुर्घटना हुनेवाला छैन। हुने कुरा भनेको गठबनध्नले नराम्ररी हार्ने मात्र हो। अनि चिसै पानीले नुहाउँछ। केही हुनेवाला छैन,' उनले भने।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका कार्यकर्ताहरूले भरतपुर मेयरकी उम्मेदवार समेत रहेकी पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई भोट हाले २० वर्षसम्म उनैलाई बोक्नुपर्ने बताएका छन्। भरतपुरमा आयोजित एमालेको चुनावी सभामा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। 

'नेपाली कांग्रेसका कार्यकर्ताहरूमाथि सहानुभुति व्यक्त गर्न चाहन्छु। जिन्दगीभरी कांग्रेस भएर हिँडेका  कार्यकर्ताहरू विचरा हेर्नुहोस् त,' उनले  थपे,  'फेरि पनि रेणुले जिते प्रचण्ड खुशी हुने रे! २० वर्ष गठबन्धन टिकाउने रे! भनेपछि कांग्रेस कार्यकर्ताको हालत के हुने भो? २० वर्षसम्म छोरी बोक। छोरो बोक। ज्वाईं बोक। भाइ बोक। भाइ भएन भने भतिजो बोक।'

सभामा उनले प्रचण्डले दिएको धम्कीको कुनै अर्थ नभएकोसमेत बताए। 'कसैले धम्की दिँदैमा दुर्घटना हुनेवाला छैन। हुने कुरा भनेको गठबनध्नले नराम्ररी हार्ने मात्र हो। अनि चिसै पानीले नुहाउँछ। केही हुनेवाला छैन,' उनले भने। प्रचण्डले तीन दिन अघि मात्र आफ्नो छोरी रेणुलाई भोट नदिए देश दुर्घटनामा जान सक्ने धम्की दिएका थिए। 

प्रकाशित: May 08, 2022| 17:31 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...