काठमाडौं– आन्तरिक र बाहिरी पर्यटकका लागि पोखरा लेकसाइड सेदी देखि सराङ्गकोटसम्म अन्नपूर्ण केबलकार शुरु भएको परिप्रेक्षमा सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।
बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै केबलकार सुविधा प्रयोग गरे बापत छुट पाउने बारेमा सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौता पश्चात बैंकका ग्राहकहरुले पोखरा स्थित अन्नपूर्ण केबल कारको टिकट खरिद गर्दा सनराइज बैंकको के्र्रडिट वा डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा १० प्रतिशतको विशेष छुट पाउन सक्नेछन् ।