सोमबार, असोज १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नर्भिकले विशेषज्ञ चिकित्सकको सहभागितामा बृहत् निःशुल्क ओपिडी सञ्चालन गर्ने

नर्भिकले विशेषज्ञ चिकित्सकको सहभागितामा बृहत् निःशुल्क ओपिडी सञ्चालन गर्ने

नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर वृहत निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– नर्भिक इन्टरनेसनल हस्पिटलले शनिबार (भोलि) विभिन्न क्षेत्रका विज्ञ १४ विशेषज्ञ चिकित्सकलाई सहभागी गराएर वृहत निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ। अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवामा उपलब्ध गराइने भएको हो।

यसअघि केही साता पनि एकैपटक १४ विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपिडी अभियानमा सहभागी गराइएको थियो। सर्वसाधारणले वृहत खालको निःशुल्क ओपिडीको अत्यधिक माग गरेपछि नर्भिकले पुनः त्यस्तै अभियान भोलि(शनिवार) संचालन गर्न लागेको हो।  

नर्भिकले निकट भविष्यमै क्यान्सरको समेत विश्वस्तरीय उपचार सेवा थालनी गर्दैछ। यसैको पूर्वतयारीस्वरुप अस्पतालले क्यान्सरसँग सम्बन्धित निःशुल्क विशेष ओपीडी सेवा शनिबार पनि सञ्चालन गर्न लागेको हो। शनिबार बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म क्यान्सर स्क्रिनिङका लागि निःशुल्क ओपीडी सञ्चालन हुने अस्पतालले जनाएको छ।

निःशुल्क क्यान्सर स्क्रिनिङ सेवामा डा. सुचित्रा तुलाधार, डा. आरोग्य कँडेल, डा. रमिला डंगोल, डा. श्वेता बराल, डा. विवेक खनाल, डा. एलिजा श्रेष्ठ, डा. बानिरा कार्की, डा. दीपक लामिछाने, डा. राजन कोजू र डा. सुदिप शाक्य उपलब्ध हुनेछन्। उनीहरु सबै क्यान्सर र सोसँग सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकहरु हुन्। 

नर्भिकले आफ्नो वार्षिकोत्सवको अवसर पारेर क्यान्सरसँग सम्बन्धित ३ वटा सहुलियतपूर्ण हेल्थ प्याकेज पनि बैशाख १ गतेदेखि नै कार्यान्वयनमा ल्याएको थियो । त्यस्तो प्याकेज पनि अझै खरीद गर्न सकिने सुविधा उपलब्ध रहेको छ। 

नर्भिकले ४० वर्षभन्दा माथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको विशेष प्याकेज घोषणा गरेको छ। यो प्याकेजको शुल्क वैशाख महिनाभरिलाई ३० प्रतिशत छुट गरी रु. १४००० कायम गरिएको जनाएको छ। ४० वर्षमाथिका महिलाहरुका लागि क्यान्सर स्क्रिनिङको यो विशेष प्याकेज हो। यसअन्तर्गत १० खालका विशेष परीक्षण तथा विशेषज्ञको विशेष परामर्श सेवा समेत समावेश गरिएको छ। 

यस्तै, ४० वर्ष वा सोभन्दा कम उमेरका महिलाहरुमा क्यान्सर पत्ता लगाउने गरी अर्को प्याकेज समेत डिजाइन गरिएको छ। यो प्याकेजमा समेत वैशाख महिनाभरि ३० प्रतिशत छुटको घोषणा गरिएको छ। यसअन्तर्गत ८ वटा विशेष परीक्षण तथा विशेषज्ञको परामर्श सेवासमेत समावेश गरिएको छ। यो प्याकेजको अफर रेट रु. ११००० रहेको छ। 

अस्पतालले ४० वर्ष वा सोभन्दा बढी उमेरका पुरुषहरुका लागि समेत क्यान्सर स्क्रिनिङको सुलभ प्याकेज घोषणा गरेको छ। यो प्याकेजको शुल्कमा समेत वैशाख ३१ सम्म ३० प्रतिशत छुट पाइन्छ। यो प्याकेज रु. ५५०५ मै उपलब्ध हुने अस्पतालले जनाएको छ। यसअन्तर्गत ८ खालका विशेष परीक्षण तथा परामर्श सेवा उपलब्ध हुनेछ। 


प्रकाशित: May 08, 2022| 17:55 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्