शुक्रबार, असार ५, २०८३

आफैं रेकर्ड बनाउँछन् आफैं भत्काउँछन् कामीरिता

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- यस वर्षको वसन्त यामको सगरमाथा (८,८४८.८६ मि) हिमाल आरोहणण सुरु भएको छ। शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने रोप फिक्सिङ को काम सपफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो।

National life

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६औं पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले वसन्त यामको सगरमाथा आरोहण सुरु भएको जनाएको छ।

विभागको पर्वतारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले यस वर्षको सगरमाथा आरोहण शनिबारदेखि सुरु भएको र अहिले करिब ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविरमा रहेको जानकारी दिए।

'सगरमाथामा रोप फिक्सिङको काम सकिएपछि सगरमाथा आरोहण सुरु भयो, कामीरिता शेर्पाले सगरमाथाको २६ पटक आरोहण गरेर कीर्तिमान बनाएको भन्ने जानकारी आएको छ, यसबारे विभागले प्रक्रिया पुर्‍याएर फेरिभाई गरेपछि मात्रै घोषणा गर्छौ', उनले भने। निर्देशक उपाध्यायले कामीरिताको आरोहण सम्बन्धमा एजेन्सीमार्फत यो मितिमा यसरी चढेको भन्ने पूर्ण विवरणपश्चात मात्रै विभागले कीर्तिमानको घोषणा गर्ने बताए।

सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ५५ लाख बढी रोयल्टी जम्मा भएको छ। यो सिजनमा सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि ११३ आरोही समूहका २०० महिला र ७१८ पुरुषसहित कूल ९१८ आरोहीले अनुमति पाएका छन्।

Shivam cement

सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले सर्वाधिक आरोहण हुने विभागको अनुमान छ। अहिले आरोहणका लागि मौसम राम्रो रहेको जनाइएको छ।

सेभेन समिट ट्रेक्स प्रालिबाट गएका ११ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा रोप फिक्सिङ गरेको हो। शनिबार साँझ ६:५५ बजे सगरमाथाको चुचुरोमा पुगेर आरोहीले यो वर्षको आरोहण खुलेको सन्देश दिएका थिए। अघिल्लो वर्षको वसन्त आरोहण पनि वैशाख २४ गतेदेखि सुरु भएको थियो।

विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४३ पुरुष गरी कूल ३१६ जनाले आरोहण अनुमति 'एक्सिपीडिसन पर्मिट' लिएका छन्। सगरमाथा आरोहणबाट मात्रै ३९ करोड ५५ लाख बढी रोयल्टी जम्मा भएको छ। यो सिजनमा सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि ११३ आरोही समूहका २०० महिला र ७१८ पुरुषसहित कूल ९१८ आरोहीले अनुमति पाएका छन्।

अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए। यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ। नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष एवम वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि उत्साह थपिएको बताए।

'अघिल्ला वर्षहरुको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो, पर्वतारोही विस्तारै बढिरहेका छन्', उनले भने। वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ। मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ। सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए। हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोही ४०० हाराहारी थिए।

एकिन तथ्याङ्क नभए पनि हालसम्म सगरमाथाको करिब आठ हजार आरोहीले आरोहण गरेको बताइन्छ। अहिलेसम्म कामीरिताले सगरमाथाको २६ पटक आरोहण गरेर विश्वकीर्तिमान बनाएका छन्। सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथा आरोहणका लागि मात्रै आफ्नो कम्पनीबाट १५० आरोही गन्तव्यमा रहेको जानकारी दिए। उनका अनुसार सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले आरोहण सुखद हुने विश्वास छ। वसन्त यामको आरोहण उत्साहवद्र्धक रहेको छ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मे ४ सम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३९ आरोही समूह रहेका छन। त्यस्तै अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन्।

कञ्चनजङ्घा (८५८६ मि) आरोहणका लागि सात समूहले अनुमति लिएको छ। त्यस्तै अन्नपूर्ण (८०९१ मि) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ। मकालु (८,४६३ मि) मा चार, धौलागिरी (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा १३ आरोही समूहले आरोहण अनुमति लिएका छन्। हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४७ करोड ९२ लाख रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ।    रासस

प्रकाशित: May 08, 2022| 16:36 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।