बुधबार, असार १०, २०८३

चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता

हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ। आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- चालू आर्थिक वर्षको चैत मसान्तसम्म २३२ उद्योग दर्ता भएका छन्। गत आवको सोही अवधिमा १६९ स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका थिए।

National life

हालसम्म आठ हजार ६८७ उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ। आव २०७८/७९ को नौ महिनाको अवधिमा ६७ ठूला, ८२ मझौला र ८३ साना उद्योग दर्ता भएका हुन्।

गत आवको सोही अवधिमा ३३ ठूला, ४० मझौला र ९६ साना उद्योग दर्ता भएका थिए। विभागका अनुसार हालसम्म एक हजार २८१ ठूला, एक हजार ९९१ मझौला र पाँच हजार ४१५ साना उद्योग दर्ता भएका विभागका महानिर्देशक रामचन्द्र तिवारीले जानकारी दिए। औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार १५ करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई साना, १५ देखि ५० करोडसम्म स्थिर पूँजी भएका उद्योगलाई मझौला र ५० करोडभन्दा बढी स्थिर पूँजी भएका उद्योगलाई ठूला उद्योग मानिन्छ।

चालू आवको तेस्रो त्रैमाससम्म २३२ उद्योगमा दुई खर्ब ६६ अर्ब लगानी प्रस्ताव भएका छन्। गत आवमा प्रस्तावित लगानी एक खर्ब ३९ अर्ब थियो। हालसम्म २५ खर्ब ५० अर्बको लगानी प्रस्ताव भएका छन्। चैत मसान्तसम्म २३ वटा डिजाइन, दुई हजार ३५६ ट्रेडमार्क दर्ता गरिएको विभागले जनाएको छ। 

प्रकाशित: May 08, 2022| 19:30 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्