शुक्रबार, कात्तिक १३, २०८३

भरतपुरमा रेणुलाई जिताउने देउवा-प्रचण्डको पिरती धेरै चल्नेवाला छैन : सुरेन्द्र पाण्डे

‘केही दिनअघि भरतपुरमै आएर शेरबहादुर देउवाले भन्नु भएको छ, मेरो जोडले रेनुलाई टिकट दिएको हो। प्रचण्डजी त नाइँ भन्नुभएको छ,’ उनले भने, ‘कति प्यारो प्रेम बसेछ देउवाको रेनु र प्रचण्डमाथि। मेयर बनाउने प्रेम बसेछ। देउवाजीको यो प्रेम ज्यादै झुटो छ, भन्न धेरै पर जानु पर्दैन,’ पाण्डेले भने।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

भरतपुर- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पिरती धेरै दिन नचल्ने बताएका छन्। चितवनको भरतपुरमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाण्डेले यस्तो टिप्पणी गरेका हुन्। 

‘केही दिनअघि भरतपुरमै आएर शेरबहादुर देउवाले भन्नु भएको छ, मेरो जोडले रेनुलाई टिकट दिएको हो। प्रचण्डजी त नाइँ भन्नुभएको छ,’ उनले भने, ‘कति प्यारो प्रेम बसेछ देउवाको रेनु र प्रचण्डमाथि। मेयर बनाउने प्रेम बसेछ। देउवाजीको यो प्रेम ज्यादै झुटो छ, भन्न धेरै पर जानु पर्दैन,’ पाण्डेले भने।

कांग्रेसले नजितेको ठाउँमा बजेट नपठाउने भन्ने कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाको अभिव्यक्तिप्रति पाण्डेले आपत्ति जनाएका थिए। उनले मेयरमा एमालेका विजय सुवेदी विजयी हुने ठोकुवा गरे। भरतपुरमा एमाले र राप्रपाको गठबन्धन सत्ता गठबन्धनसँग चुनावी मैदानमा छ। 

प्रकाशित: May 08, 2022| 15:44 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...