शुक्रबार, कात्तिक १३, २०८३

हुम्लाका ५४ मतदान केन्द्रमा २५४ कर्मचारी खटाइयो

जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

सिमकोट- स्थानीय तहको निर्वाचन हुन पाँच दिन बाँकी रहँदा हुम्लाका सात स्थानीय तहमा छ मतदान अधिकृतको कार्यालय स्थापना गरिएको छ। 

जिल्लाका ५४ मतदान केन्द्रका लागि २५४ कर्मचारी खटेको निर्वाचन कार्यालय हुम्लाले जनाएको छ। शनिबारसम्म ३४ मतदान अधिकृतले मतपत्रसहितका सामग्री बुझिलिएको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए। 

आज २० अधिकृतले मतपत्र, मतपेटिकालगायतका सामग्री बुझेको रानाले जानकारी दिए। उनका अनुसार ५०० भन्दा कम मतदाता भएको केन्द्रमा चार र ५०० भन्दाबढी मतदाता भएको केन्द्रमा पाँच कर्मचारी खटाइएको हो। १६ मतदान केन्द्रमा ५०० भन्दामुनि रहेका छन् भने ३८ मतदान केन्द्रमा पाँच सयभन्दामाथि मतदाताको सङ्ख्या रहेको छ। जिल्लाका ५४ मतदान केन्द्रमा तीन स्थानीय स्वयंसेवक समेत परिचालन गरिएको जनाइएको छ।

 कार्यालय सहयोगी ५४, मतदान अधिकृत ५४, सहायक मतदान अधिकृत ५४ जना र ९२ सहायक कर्मचारी खटेका छन्। साथै, मतदान अधिकृत, सहायक मतदान अधिकृत र कार्यालय सहयोगीका साथै सुरक्षाकर्मीसमेत खटाइएको छ। 

सदरमुकामभन्दा टाढाको दूरीमा रहेको मतदान केन्द्रमा खटाइएका कर्मचारी यसअघि नै त्यसतर्फ गएका छन् भने नजिकमा रहेका मतदान केन्द्रमा आज खटाइएको हो।   रासस

प्रकाशित: May 08, 2022| 19:00 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...