शुक्रबार, कात्तिक १३, २०८३

धनुषामा उम्मेदवारहरू घरदैलो अभियानको अन्तिम चरणमा

गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्याएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

जनकपुर- गाउँ गाउँका मतदातालाई आफ्नो पक्षमा रिझाउन घरदैलो अभियानमा केन्द्रीत उम्मेदवारले प्रचारप्रसारलाई अन्तिम चरणमा पुर्‍याएका छन्। मौनअवधि सुरु भएपछि प्रचारप्रसार गर्न नपाउने भन्दै उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्ने चटारो छ।

आफ्नो पालिकाभित्रका वडा–वडा र घर–घरमा मत माग्न व्यस्त उम्मेदवार मौन अवधि सुरु हुनुपूर्व नै सबै मतदाताको घर–घरमा पुगिसक्ने योजनामा छन्। 'करिब करिब सबै वडामा घरदैलो सकिएको छ', सत्तारुढ गठबन्धनका तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार लालकिशोर साहले भने, 'बाँकी रहेको केही मतदाताको घरदैलोमा आज साँझसम्म पुग्ने लक्ष्य छ।' मौन अवधि सुरु नहुञ्जेलसम्म प्रचारप्रसार जारी रहने उनको भनाइ छ।

यस्तै लोसपाका उम्मेदवार मनोज चौधरीले पनि आफुहरुको घरदैलो कार्यक्रम अन्तिम चरणमा पुगेको बताए। 'हामीले उपमहानगरपालिकाका करिब सबै वडामा घरदैलो गरिसकेको र बाँकी रहेका वडामा आज बिहानैदेखि घरदैलो गरिरहेका छौं', उनले भने, 'आज साँझसम्म सबै ठाउँमा घरदैलो सकिन्छौँ।' विभिन्न दलका उम्मेदवार आफ्नो पार्टीको घोषणापत्र र एजेण्डा बोकेर मतदाताको घर–घरमा पुगिरहेका छन्, भने स्वतन्त्र उम्मेदवार आफ्नो चुनाव चिन्ह अङ्कित झण्डा, ब्यानर र व्यक्तिगत एजेण्डा सुनाउँदै मतदातासँग मत माग्न व्यस्त छन्।

निर्वाचन कार्यक्रमअन्तर्गत वैशाख २७ गते सोमबार रातिदेखि मौनअवधि सुरु हुने मधेश प्रदेश निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले जानकारी दिए। एक उपमहानगरपालिका, तीन उपमहानगरपालिकासहित १३६ स्थानीय तह रहेको मधेस प्रदेशमा पालिकाको प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षसहित विभिन्न पदमा करिब ४० हजार ९२४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। कूल आठ जिल्ला रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार १७० मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: May 08, 2022| 17:05 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...