शुक्रबार, कात्तिक १३, २०८३

जनताले दिएको मतको सम्मान गर्छौँ : महामन्त्री थापा

'म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौं महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाइँको मतको अपमान हुन दिन्न,' उनले भने।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन्।

वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२६ ले आज आयोजना गरेको घरदैलो एवं चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकी संसद् विघटन गरेको भन्दै कांग्रेसलाई मत दिए जनताको मतको सम्मान गर्ने बताएका हुन्।

'नेकपाले सरकार र संसद् चलाउन नसक्नु नेकपा आफ्नै कमजोरी हो, पाँचवर्ष सरकारको नेतृत्व गर्ने अवसर पाएको नेकपा सरकारले संसद् विघटन गरेर जनताको जनतमको अपमान गरेको छ, कांग्रेसलाई अवसर दिए जनताको मतको सम्मान गर्छ,'–उनले भने। महामन्त्री थापाले विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमासमेत नेकपालाई जनताले अवसर दिए पनि काठमाडौंको विकासमा सोचेजस्तो काम गर्न नसकेको बताए। 

'पाँच वर्षमा काठमाडौं महानगरमा यो राम्रो काम गरेँ भनेर जनताको घरदैलोमा आउने हिम्मतसमेत नेकपा (एमाले)सँग छैन,' उनले भने। उनले एक पटक कांग्रेसलाई अवसर दिनसमेत आम काठमाडौंका मतदातासँग आग्रह गरे।

गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार सिर्जना सिंहले कांग्रेसले काठमाडौं महानगरको टिकट महिलालाई दिएर आम महिलाको सम्मान गरेको बताउँदै काठमाडौंको विकासका लागि आफूलाई मतदान गर्न सबैलाई आग्रह समेत गरे।

'म गफ गर्नका लागि उम्मेदवार भएको हैन, काम गर्नका लागि उम्मेदवार भएको हो, समृद्ध काठमाडौं महानगर निर्माणका लागि मलाई जिताउनुहोस्, तपाइँको मतको अपमान हुन दिन्न,' उनले भने। टोलबासीको सुख दुःखमा आफू लाग्नेसमेत उनको भनाइ छ।

नेत्री सिंहले सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा र दिगो पर्यटन, सुरक्षित सहर, संस्कृति, सम्पदा र सभ्यता, सवल र समुन्नत पूर्वाधार, सवल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगरबासी निर्माण आफ्नो मुख्य अभियान रहेको बताए। कांग्रेस काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्षका उम्मेदवार मुकुन्द रिजालले काठमाडौंको विकासका लागि कांग्रेसले महिला उम्मेदवारलाई अगाडि सारेको बताए। 'सिर्जना सिंह पार्टीको मात्र उम्मेदवार होइन, आम कार्यकर्ताकोसमेत उम्मेदवार हुनुहुन्छ,' उनले भने।


प्रकाशित: May 08, 2022| 14:52 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...