शुक्रबार, कात्तिक १३, २०८३

'सुकुम्वासीमुक्त सहर निर्माण गर्छौँ'

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाइन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

मोरङ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले विकासको सम्भाहक पार्टीलाई स्थानीय तह निर्वाचनमा विजय गराउनुपर्ने बताइन्। 

स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिका–११ स्थित रासस चोकमा आज आयोजित कोणसभामा उनले रोजगारी सिर्जना, सुकुम्बासीमुक्त र  बाढीमुक्त सहर निर्माण गर्ने विश्वास दिलाइन्।

महानगरका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार नागेश कोइरालाले भ्रष्टाचार शून्य पालिका, सफा, सुन्दर सहर र दोस्रो ठूलो पालिका बनाउने प्रतिबद्धता व्यक्त गरे।

विराटनगनर–११ वडा अध्यक्षका उम्मेदवार रामसुन्दर राजवंशीले कालोपत्र सडक, स्वच्छ खानेपानी, व्यवस्थित ढलको व्यवस्था गर्ने बताए। केन्द्रीय सदस्य सङ्ग्रौला, प्रमुख उम्मेदवार कोइरालासहितको एक जुलुसले वडाका विभिन्न क्षेत्रका परिक्रमा सभामा परिणत भएको थियो।

प्रकाशित: May 08, 2022| 13:39 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...