दाङ- दाङमा एक पुरुषको शव फेला परेको छ। घोराही उपमहानगरपालिका-६, लखुवार बस्ने ५६ वर्षीय टेकबहादुर भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको शव चोरगाउँस्थित खेतबारीमा आइतबार बिहान फेला परेको प्रहरीको भनाइ छ। घटनाबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।