शुक्रबार, असार ५, २०८३

दुबईमा २२ वर्षीय नेपाली युवक मृत फेला

कामका लागि विदेश गएका कञ्चनपुरका एक युवक आफ्नै कोठामा मृत फेला परेका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- कामका लागि विदेश गएका कञ्चनपुरका एक युवक आफ्नै कोठामा मृत फेला परेका छन्।

National life

रोजगारीको लागि दुबई गएका बेदकोट नगरपालिका-४ बिजयनगर बगुनका २२ वर्षीय खड्क साउँद आफ्नै कोठामा मृत अवस्थामा भेटिएका बेदकोट नगरपालिकाका मेयर असोक कुमार चन्दले बताए।

उनले मृत फेला परे पनि के कति कारणले मृत्यु भएको हो भन्ने जानकारी आइनसकेको बताए। मृतकको शव पोष्टमार्टमलाई अस्पतालमा राखिएको  छ। तर, अस्पतालको नाम भने खुलेको छैन।

मेयर चन्दले उनको शव नेपाल ल्याउन आवश्यक सहयोगको लागि दुबईमा रहेका नेपालीलाई आग्रह पनि गरेका छन्। साउँद दुई महिना अघि मात्रै दुबई गएका थिए । गत असोजमा उनले विवाह गरेका थिए।

प्रकाशित: May 08, 2022| 11:25 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।