काठमाडौं- आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो। गत साताकै बिहीबार ९८ हजार ६०० रुपैयाँ कारोबार मूल्य थियो। जुन, शुक्रबार ६०० रुपैयाँ घटेको थियो भने आज आइतबार सोही मूल्यले उकालो लागेको हो। यसैगरी, आज तेजाबी सुनको मूल्य ९८ हजार १०० रुपैयाँ छ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदीको बिक्री मूल्य १२ सय ८५ रुपैयाँ छ। जुन, गत साताको शुक्रबार १२ सय ८० रुपैयाँ कायम थियो।