सोमबार, साउन २५, २०८३

बर्दियामा डुबेर एक पुरूष मृत फेला

बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत फेला परेका छन्।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

काठमाडौं- बर्दियामा नुहाउने क्रममा बेपत्ता भएका एक पुरूष मृत फेला परेका छन्। 

शनिबार बिहान १० बजे मधुवन नगरपालिका-३ धनौरा बस्ने २४ वर्षीय दिलिप थारू गेरूवाको शव कर्णाली नदीमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

प्रहरीका अनुसार गेरूवा गत बिहीबार अपराह्न ४ बजे कर्णली नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए। 

बेपत्ता भएको खबरपछि प्रहरी चौकी कोठियाघाटबाट टोली खटिएको थियो। टोलीले डुंगा र अरू माध्यमबाट खोज्दा पनि फेला परेको थिएन। 

त्यसपछि नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी बल, गोताखोर र स्थानीयको टोलीले खोज्दा शनिबार शव फेला परेको हो। 

प्रकाशित: May 07, 2022| 12:43 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।