सोमबार, साउन २५, २०८३

कास्कीमा चुनावको मौन अवधिभर जाँडरक्सी बिक्रीमा रोक

जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर जाँडरक्सी बिक्री वितरणमा रोक लगाएको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

कास्की- जिल्ला प्रशासन कार्यालय कास्कीले चुनावको मौन अवधिभर जाँडरक्सी बिक्री वितरणमा रोक लगाएको छ।

वैशाख ३० गते हुने पालिका चुनावलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न मौन अवधिभर जाँडरक्सी बिक्री पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराका पर्यटन व्यवसायीसँगको छलफलपछि वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधिभर जाँडरक्सी बिक्री नगरि व्यवसाय सञ्चालन गर्ने निर्णय गरिएको जनाएको छ।

रात्रिकालीन व्यवसायलाई वैशाख २५ देखि २८ गतेसम्म राति ११ बजेसम्म सञ्चालन गर्ने, २९ गते ८ बजेसम्म मात्र सञ्चालन गर्ने, वैशाख ३० गते चुनावका दिन पूर्ण रुपमा बन्द गरेर गर्ने र वैशाख ३१ गतेदेखि जेठ १० गतेसम्म राति ११ बजेसम्म मात्र सञ्चालन गर्ने निर्णय गरिएको छ।

प्रकाशित: May 07, 2022| 08:46 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।