शुक्रबार, कात्तिक १३, २०८३

अपाङ्गता भएका व्यक्तिलाई मतदान गर्ने व्यवस्था मिलाउन आग्रह

बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

बाँके- बाँकेमा नागरिक समाजले स्थानीय निर्वाचनमा अपाङ्गता भएका व्यक्ति, असहाय, बिरामी, ज्येष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरेको  छ। 

सूचना र मानवअधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्ट्रिय मानवअधिकार आयोग र मानवअधिकार सञ्जाल नेपालगञ्जको संयुक्त आयोजनामा भएको निर्वाचन आचारसंहिताबारे छलफलमा स्थानीय निर्वाचनलाई निष्पक्ष र भयरहित बनाउनका लागि नागरिक समाजले प्रभावकारी अनुगमनसमेत गर्ने भएको छ।

अहिले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेको भन्दै उनीहरुले अनुगमनमा देखिएका विषयलाई मानवअधिकार आयोगको कार्यालयमा हेल्प डेस्कमार्फत सूचना प्रवाह गर्ने बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगका नेपालगञ्जका प्रमुख झङ्कर रावलले हेल्पडेस्क स्थापना गरी निर्वाचनसँग सम्बन्धित विभिन्न गतिविधिको अनुगमन गरी सरोकार भएकाको ध्यानाकर्षण गराइने जानकारी दिए।

मानवअधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनीतिक दल, मिडिया, उम्मेदवारलगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिँदै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भूमिका महत्वपूर्ण हुने बताए।

संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो। छलफलमा नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, नियोकका प्रदेश संयोजक सुरेश गौतमलगायतले निर्वाचन आचारसंहिताको उल्लङ्घनका घटना बढी भइरहेकाले त्यसलाई न्यूनीकरणमा जोड दिएका थिए। - रासस

प्रकाशित: May 07, 2022| 08:18 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...