आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा बिहानै घाम लागे पनि दिउँसो मौसम बद्ली हुने

काठमाडौंमा बिहानै घाम लागे पनि दिउँसो मौसम बद्ली हुने

काठमाण्डौ उपत्यकामा शनिबार बिहानैदेखि घाम लागेको छ। केही दिनदेखि काठमाडौंसहित देशका धेरैजसो ठाउँको मौसम बद्ली भए पनि आज बिहानै काठमाडौं उपत्यकाको मौसम भने खुलेको हो।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९
National life
Shivam cement

 काठमाडौं- काठमाण्डौ उपत्यकामा शनिबार बिहानैदेखि घाम लागेको छ। केही दिनदेखि काठमाडौंसहित देशका धेरैजसो ठाउँको मौसम बद्ली भए पनि आज बिहानै काठमाडौं उपत्यकाको मौसम भने खुलेको हो।

अहिले घाम लागे पनि बिस्तारै मौसम बद्ली हुँदै जाने सम्भावना रहेको मौसमविद् बिनु महर्जनले बताइन्। उनले दिउँसोपछि काठमाडौंसहित देशका धेरैजसो ठाउँमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने बताएकी छन्।

आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको छ। आज बेलुकातिर प्रदेश नम्बर एक, मधेस प्रदेश, वाग्मती र गण्डकी  प्रदेशका  धेरैजसो ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनले बताइन्।

प्रकाशित: May 07, 2022| 07:57 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।