शुक्रबार, असार ५, २०८३

बैतडीमा कोदालो प्रहार गरेर युवकको हत्या

बैतडीमा कोदालो प्रहार गरेर एक युवकको हत्या भएको छ। शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका-७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन्।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९

धनगढी- बैतडीमा कोदालो प्रहार गरेर एक युवकको हत्या भएको छ। शुक्रबार जिल्लाको डिलाशैनी गाँउपालिका-७ स्थित मनेकुडामा २८ वर्षीय श्याम ऐरमाथि ३० वर्षीय विरेन्द्र ऐरले कोदालो प्रहार गरेर हत्या गरेका हुन्। 

National life

दिउँसो करिव साढे १ बजेतिर पानीको विषयमा विवाद हुँदा विरेन्द्रले कोदालो प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता लोकराज जोशीले बताए। 

मृतक ऐरकी श्रिमतीले लुगा लुगा धुने बेलामा विरेन्द्रले पानी बन्द गरेपछि विवाद भएको थियो। विवाद बढेपछि विरेन्द्रले श्यामको छातीमा कोदालो प्रहार गरेका थिए। 

अहिले मृतक श्यामको शव पोस्टमार्टमका लागि स्थानीय गोकुलेश्वर अस्पतालमा लगिएको प्रहरीले बताएको छ। यस्तै कोदालो प्रहार गर्ने विरेन्द्रलाई पक्राउ गरेर घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: May 07, 2022| 06:53 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।