शुक्रबार, कात्तिक १३, २०८३

कांग्रेस र समाजवादीको झडपमा २० जना घाइते, १४ राउन्ड हवाई फायर

झडपमा प्रहरी समाजवादीका नेता पुर बहादुर रावत र खडक बोहोरा घाइते भएका छन्। प्रहरीतर्फ १६ जना घाइते भएका छन् दुई जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

बाजुरा- बाजुराको बूढीनन्दा नगरपालिका-९ पाण्डुसेनमा नेपाली कांग्रेस  र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ। झडपपछि तनावपूर्ण बनेको स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले १४ राउन्ड हवाइ फायरसमेत गरेको छ। 

झडपमा समाजवादीका नेता पुर बहादुर रावत र खडक बोहोरा घाइते भएका छन्। प्रहरीतर्फ १६ जना घाइते भएका छन् भने दुई जना कांग्रेस कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय बाजुरा अनुसार दिउँसो नेपाली काँग्रेस र नेकपा एकीकृत समाजबादीका कार्यक्रताबीच दोहोरो झडप भएपछि स्थिति नियन्त्रणमा लिन फायर गरिएको हो। सामाजवादीका कार्यकर्ता प्रहरी चौकीमा संरक्षण लिन पुगेका बेला कांग्रेस कार्यकर्ताले प्रहरी चौकी भित्रै आक्रमण गरेको प्रहरीको भनाइ छ। 

झडपपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालन गरिएको छ। सामान्य विषयमा विषयमा सुरु  भएको विवादले उग्र रूप लिएको प्रहरीको भनाइ छ। 

प्रकाशित: May 06, 2022| 20:43 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...