काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रुखवालाले हँसिया-हथौडामा भोट हाल्न गाह्रो मानेकाले कांग्रेससँग गठबन्धन तोडेर एमालेसँग गठबन्धन गरेको बताएका छन्। राजधानीको शान्तिवाटिकामा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
गत स्थानीय चुनावमा कांग्रेससँगको गठबन्धन गरेका प्रचण्डले पछि एमालेसँग गठबन्धन बनाएर पार्टी एकीकरण गरेका थिए।
'रुखवालाले हँसियाँ हथौडामा भोट हाल्न बढो गाह्रो मानेको देखियो। त्यसैले मैले वाम गठबन्धन बनाउँदा पो सफल हुन्छ कि भन्ने लागेर एमालेसँग गठबन्धन गरेका हौँ,' प्रचण्डले भने।
आफूले एमालेसँग गठबन्धन गरेपछि दुई सातापछि नै केपी शर्मा ओलीले माधवकुमार नेपालसहित आफूलाई धोका दिन थालेको उनको दाबी छ।