शुक्रबार, कात्तिक १३, २०८३

गठबन्धनका मेयर-उपमेयर उम्मेदवार 'पहिलो पटक' एउटै कार्यक्रममा

उपमेयर उम्मेदवार श्रेष्ठले सिंहसँग नियमित छलफलमा रहेको बताए। ‘मैले सिर्जना भाउजूसँग सल्लाह गरेको छु, महानगरपालिकामा हामीले सुशासन कायम गर्ने छौँ। शिक्षा र स्वास्थ्यमा मौलिक हक कायम गर्नैपर्छ,’ उनले भने।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- चुनावी कार्यक्रममा यसअघिसम्म सँगै नदेखिएका गठबन्धनका मेयर उम्मेदवार सिर्जना सिंह (नेपाली कांग्रेस) र उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठ (नेकपा एस) एकै मञ्चमा देखिएका छन्। सत्ता गठबन्धनले शान्ति वाटिकामा गरेको चुनावी कार्यक्रममा उनीहरु सँगै देखिएका हुन्। यसअघि उनीहरूले छुट्टाछुट्टै रूपमा घरदैलो कार्यक्रम गरेका थिए। 

कार्यक्रममा सम्बोधन गर्दै उपमेयर उम्मेदवार श्रेष्ठले सिंहसँग नियमित छलफलमा रहेको दाबी गरे। ‘मैले सिर्जना भाउजूसँग सल्लाह गरेको छु, महानगरपालिकामा हामीले सुशासन कायम गर्ने छौँ। शिक्षा र स्वास्थ्यमा मौलिक हक कायम गर्नैपर्छ,’ उनले भने।

गत १२ वैशाखमा उम्मेदवारी मनोनयन दर्ता गर्दा पनि सिर्जना र श्रेष्ठले संयुक्त फोटो सेसन गराएपनि सिर्जना मनोनयनका लागि एक्लै सभागृह छिरेकी थिइन्। यसपछिका चुनावी कार्यक्रममा उनीहरु सँगै देखिएका थिएनन्।

प्रकाशित: May 06, 2022| 15:40 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...