शुक्रबार, असार ५, २०८३

बुधबार राति पर्सामा गोली प्रहार गर्ने एक जना पक्राउ

पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ स्थित औराहा निवासी मंगलबहादुर भ्लोनको घर बाहिर गोली प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

वीरगन्ज- पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ स्थित औराहा निवासी मंगलबहादुर भ्लोनको घर बाहिर गोली प्रहार गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

बुधबार राति करिब साढे ९ बजेतिर भ्लोनको घरबाहिर गोली प्रहार भएको थियो। बाँसको टाटीमा माटोले लिपेको बेरा भएको भ्लोनको घरको पश्चिमपट्टिको बेराबाट गोली प्रवेश गरी घरभित्र रहेको चामलको बोराभित्र एक राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ।

अनुसन्धानको क्रममा सोही वडा निवासी २७ वर्षीय सल्टु महतोको संलग्नता रहेको खुलेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।

घरबाट भाग्ने क्रममा औराहा निवासी महतोलाई राति नै प्रहरीले नियन्त्रणमा लिएको डीएसपी खनालले बताए। महतोले घरनजिकै खाली जमिनमा रहेको नालामा लुकाइछिपाइ राखेको १२ बोरको एक नाले घरेलु बन्दुकसमेत बरामद गरिएको प्रहरीको भनाइ छ।

प्रकाशित: May 06, 2022| 13:04 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।