सोमबार, असोज १२, २०८३

सुनको मूल्यमा गिरावट

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनचाँदीको मूल्यमा गिरावट आएको हो।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनचाँदीको मूल्यमा गिरावट आएको हो।

आज सुन प्रतितोला ६०० रुपैयाँले घटेको छ। बिहीबार छापावाल सुन प्रतितोला बढेर ९८ हजार ६०० रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला ९८ हजार रुपैयाँमा झरेको हो। 

त्यस्तै, बिहीबार ९८ हजार १०० रुपैयाँ प्रतितोला रहेको तेजावी सुनको मूल्य घटेर आज ९७ हजार ५०० रुपैयाँ पुगेको छ । 

चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला एक हजार ३०५ रुपैयाँ रहेको चाँदीको मूल्य आज २५ रुपैयाँ घटेर एक हजार २८० रुपैयाँमा कायम भएको छ।

प्रकाशित: May 06, 2022| 12:30 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्