शुक्रबार, कात्तिक १३, २०८३
  • गृहपृष्ठ
  • कला/साहित्य
  • सौन्दर्य प्रतियोगिताको विरासत राख्ने लक्ष्यका साथ ओरिफ्लेम मिस युनिभर्स नेपाल हुँदै

सौन्दर्य प्रतियोगिताको विरासत राख्ने लक्ष्यका साथ ओरिफ्लेम मिस युनिभर्स नेपाल हुँदै

उमंग क्रिएसन प्रालिले सन् २०२२का लागि ओरिफ्लेम मिस युनिभर्स नेपालको आधिकारिक घोषणा गरेको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं– उमंग क्रिएसन प्रालिले सन् २०२२का लागि ओरिफ्लेम मिस युनिभर्स नेपालको आधिकारिक घोषणा गरेको छ। विश्वकै प्रतिष्ठित प्रतियोगितामध्ये एक मिस युनिभर्स फ्रेन्चाइज अन्तर्गत नेपालमा तेस्रो पटक आयोजना हुन लागेको यो स्वतन्त्र प्रतियोगिता हो।

राष्ट्रिय निर्देशक नगमा श्रेष्ठ तथा प्रबन्ध निर्देशक उद्धव अधिकारीको नेतृत्वमा हुन गइरहेको यस प्रतियोगिता आफैंमा एक कोशेढुंगा रहेको आयोजकको दाबी छ।

‘ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ (एमयूएन २०२२) समावेशिता र अवसरको जगमा उभिएर यस सौन्दर्य प्रतियोगिताको विरासत कायम राख्ने लक्ष्यमा अग्रसर छ। पछिल्ला दुई वर्षहरूमा जस्तै एमयूएन २०२२ मा उचाइ र तौलको मापदण्ड हुने छैन, समलैंगिक महिलाहरूले समेत सहभागिता जनाउन पाउनेछन् र देश बाहिर रहेका अन्य नेपाली युवतीहरूको निम्ति पनि ढोका खुल्ला राखिएको छ,’ आयोजकले भनेको छ।

ओरिफ्लेम मिस युनिभर्स नेपाल २०२२ को ताज पहिरिने आकांक्षा राखेर आफ्नो देशलाई ७१औं मिस युनिभर्सको मञ्चमा प्रतिनिधित्व गर्न चाहने सबै साहसी, सशक्त र सुन्दर युवतीहरूले मिस युनिभर्स नेपालको आधिकारिक एपमार्फत दर्ता गरी प्रतियोगितामा भाग लिन सक्ने आयोजकले जनाएको छ। एप गुगलको प्लेस्टोर तथा एप्पलको एप स्टोरमार्फत डाउनलोड गर्न सकिन्छ।

मे ५ देखि दुई महिनासम्मको लागि दर्ता अवधि खुला रहने जनाइएको छ। मिस युनिभर्स नेपाल २०२२ को विजेताले मिस युनिभर्सको ७१औँ संस्करणको मञ्चमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन्। यस वर्ष साविकको १० लाख नगद पुरस्कारका अतिरिक्त मिस युनिभर्स नेपाल २०२२ को विजेताले विद्युतीय स्कुटर समेत प्राप्त गर्नेछिन्।

प्रकाशित: May 06, 2022| 12:05 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।