सोमबार, साउन २५, २०८३

ताप्लेजुङमा छोराले गरे बा-आमाको हत्या

ताप्लेजुङको लेलेपमा छोराले आफ्नै बृद्ध बुवा आमाको हत्या गरेका छन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

ताप्लेजुङ- ताप्लेजुङको लेलेपमा छोराले आफ्नै बृद्ध बुवा आमाको हत्या गरेका छन्। फक्ताङ्लुङ गाउँपालिका-६ लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बूले बिहीबार साँझ हत्या गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आइतराजले बुबा बृखबहादुर लिम्बू र आमा फिपरानी लिम्बूको हत्या गरेका हुन्। मादक पदार्थ सेवनका कारण घटना भएको प्रारम्भिक जानकारी आएको प्रहरीले  जनाएको छ।

स्थानीयका अनुसार एकान्तस्थलमा यहाँ दुई वटा मात्रै घर रहेका छन्। घटनाको जानकारी पनि स्थानीयले लेलेप प्रहरी चौकीमा खबर गरेका थिए।  

आइतराज भेडाको गोठमा बस्ने गर्थे। एकसाता अघिमात्रै पारिवारिक झगडा लेलेप प्रहरी चौकीमा मिलाएको स्थानीयले बताएका छन्।

प्रकाशित: May 06, 2022| 08:36 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।