सोमबार, साउन २५, २०८३

काठमाडौंमा बिहानै वर्षा, कस्तो रहला दिउँसोको मौसम

नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा शुक्रबार बिहानै वर्षा भएको छ। नेपालमा अहिले स्थानीय वायु र भारतको मध्य प्रदेशदेखि पश्चिम बङ्गालको समथर भूभागमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

जसले गर्दा काठमाडौंमा विहानै वर्षा भएको मौसमविद् हिरा भट्टराईले बताइन्। उनले आज दिउँसो काठमाडौंसहित गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको बताएकी छन्।

यसका साथै दिउँसो पनि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

उनका अनुसार  आज राति पनि वाग्मती, गण्डकी र प्रदेश-१ का पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने छ।

प्रकाशित: May 06, 2022| 08:08 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।