सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयोगले भन्यो- निर्वाचनमा खटिने कर्मचारीलाई फेरबदल नगर्नू

आयोगले भन्यो- निर्वाचनमा खटिने कर्मचारीलाई फेरबदल नगर्नू

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीहरूलाई फेरबदल नगर्न निर्देशन दिएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि खटिने कर्मचारीहरूलाई फेरबदल नगर्न निर्देशन दिएको छ।

आयोगले मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई फेरबदल नगर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो। 

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै अति जरुरी, मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगर्न निर्देशन दिएको छ। 

यस्तै, उपर्युक्त कारण परेको अवस्थाबाहेक कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको छ। 

मतदान कार्यका लागि खटिएका सम्पूर्ण कर्मचारीलाई अनिवार्य रुपमा आफू खटिएको ठाउँमा अविलम्ब जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले आदेश दिएको छ।



प्रकाशित: May 06, 2022| 07:50 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।