सोमबार, साउन २५, २०८३

पर्साको सखुवाप्रसौनीमा बिहीबार राति गोली चल्यो

पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ। सखुवाप्रसौनी गाउँपालिका-१ औराहामा बिहीबार राति करिब साढे ९ बजेतिर गोली चलेको हो।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गोली चलेको छ। सखुवाप्रसौनी गाउँपालिका-१ औराहामा बिहीबार राति करिब साढे ९ बजेतिर गोली चलेको हो।

स्थानीयले दुई राउण्ड गोली चलेको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीय मङ्गल बहादुर ब्लोनको घरको धानको भकारीमा गोलीको अगाडिको भागले लागेको देखिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले गोली कसले र किन चलायो भन्ने खुल्न नसकेको बताए। उनले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

प्रकाशित: May 06, 2022| 07:37 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।