काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १२९ रुपैयाँ ०६ पैसा र बिक्री दर १२९ रुपैयाँ ७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १५३ रुपैयाँ ०६ पैसा र बिक्री दर १५३ रुपैयाँ ८३ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२४ रुपैयाँ ५५ पैसा र बिक्री दर १२५ रुपैयाँ १६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ९२ पैसा र बिक्री दर ८८ रुपैयाँ ३६ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ०१ पैसा छ।
जापानी येन १० को खरिद दर ९ रुपैयाँ ३९ पैसा र बिक्री दर ९ रुपैयाँ ४४ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ३९ पैसा र बिक्री दर १८ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ४५ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ३७ पैसा र बिक्री दर ३३ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६७ पैसा र बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - यस्तो छ आजको विनिमय दर