धनगढी- कैलालीमा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बलियामा सुपप्र ०१००८ प ९२०० नम्बरको मोटरसाइकल र से६प ३१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जना घाइते भएका हुन्।
घाइते हुनेमा लम्कीचुहा नगरपालिका वडा नम्बर २ का २८ वर्षीय महेन्द्र बजगाई र १९ वर्षीय नवीन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायव उपरीक्षक वेदप्रकास जोशीले बताए।
घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूलाई लम्कीस्थित लाल रत्न अस्पतालमा सामान्य उपचारपछि कोहलपुर रेफर गरिएको उनले बताए।