शुक्रबार, कात्तिक १३, २०८३

आरजुको 'अशोभनीय' वक्तव्य : कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउँदैनौँ

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने चेतावनी दिएकी छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने चेतावनी दिएकी छन्। डडेलधुरामा बिहीबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो 'अराजनीतिक' वक्तव्य दिएकी हुन्। 

'कांग्रेसको मेयर नै हुनुहुन्न त हामीले किन पैसा पठाउँछौँ? त्यसैले यो कुरालाई पनि ध्यान दिएर यो करुवा-सरुवा-हरुवा पार्टीहरुलाई भोट नहाल्नुस्,' आरजुको चेतावनी थियो। 

करुवा नेपाली कांग्रेस बीपीको चुनाव चिह्न हो। डडेल्धुराका केही पालिकामा कर्ण मल्लले नेपाली कांग्रेस बीपीलाई समर्थन गरेका छन्। कर्णलाई हालै कांग्रेसले साधारण सदस्यबाट समेत निष्काशित गरेका छ। 

कुनै पालिकामा कसले जितेको छ भन्ने आधारमा बजेट विनियोजन हुँदैन। अर्थ मन्त्रालयले जनसंख्या, भूगोललगायतका विभिन्न आधारमा सूत्र तयार पारेर सोही अनुसार आएको रकम पालिकाहरूलाई विनियोजन गर्छ। अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री वा उनकी पत्नी वा अरु कोही हुँदैमा कुनै पालिकालाई जाने बजेट रोक्ने भन्ने अवस्था हुँदैन। 

प्रकाशित: May 05, 2022| 23:26 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...