शुक्रबार, असार ५, २०८३

नेपाल–भारत सीमासुरक्षा बैठक

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बिहीबार सम्पन्‍न भएको छ।

National life

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापा, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइराला र भारत अररिया जिल्लाका डिएम प्रशान्तकुमार सिएचसहित भारतीय प्रहरी अधिकृतको उपस्थिति थियो।

यही वैशाख ३० गते नेपालमा हुन गइरहेको स्थानीय तहको निर्वाचनका सन्दर्भमा भएको बैठकमा निर्वाचन अघि ७२ घण्टा सीमा बन्द गर्ने, तस्करी नियन्त्रण र संयुक्तरूपमा सीमा गस्ती परिचालनका विषयमा विस्तृत छलफल भएको मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।

उनका अनुसार निर्वाचनमा कुनै पनि किसिमको आपराधिक घटना हुन नदिन, खुला सीमाका कारण नेपालमा हुनसक्ने आपराधिक घटनालाई रोक्न, निर्वाचन भयरहित, स्वच्छ, स्वतन्त्र एवं पारदर्शीरूपमा सम्पन्न गर्न भारतीय सुरक्षा अधिकारीसँग छलफल गर्न बैठक आयोजना भएको र यसमा दुवै देशका सुरक्षा निकायले इमान्दारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जाहेर भएको जानकारी दिए।

प्रकाशित: May 05, 2022| 22:25 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।