सोमबार, साउन २५, २०८३

हत्या आरोपी तीन वर्षपछि पक्राउ

कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको नैकाप बस्‍ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगका फरार अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको नैकाप बस्‍ने सिन्धुलीको कमलामाई नगरपालिका–१० का २५ वर्षीय मुण्डा भन्ने सरोज सुन्दास रहेका छन्। 

काठमाडौं महानगरपालिका–३२ तिनकुनेस्थित गैरीगाउँको पेट्रोलपम्प नजिक महेश परियार, मनिष बानियाँ र सरोज सुन्दाससमेतले २०७५ मङ्सिर ८ गते चक्कु प्रहार गरी बिक्की थेबे लिम्बुको हत्या गरेको र अनिल श्रेष्ठलाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।  

घटनापश्चात् फरार रहेका सुन्दासलाई नैकापमा लुकिछिपी बसिरहेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले बुधबार पक्राउ गरी कानूनी कारवाही अघि बढाएको आज एक सूचना जारी गरी जनाइएको छ। 

उक्त घटनामा संलग्न महेश परियार र मनिष बानियाँलाई घटना भएकै दिन काठमाडौँको तारकेश्वर नगरपालिका–१ साङ्लाबाट नियन्त्रणमा लिइ जिल्ला अदालत काठमाडौँको फैसलाले जन्म कैद सजाय भोगिरहेका छन्। सुन्दासलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत काठमाडौँ पठाइएको जनाइएको छ।

प्रकाशित: May 05, 2022| 22:50 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।