शुक्रबार, कात्तिक १३, २०८३

हटाएनन् दलले निर्वाचन आचारसंहिता विपरीतका सामग्री

स्थानीय नागरिकका घरघरदेखि खेतबारीमा समेत उम्मेदवार भोट माग्न रातदिन खटिएका छन्। मत लाग्न व्यस्त यहाँका राजनीतिक दलले आफ्ना चुनाव प्रचार सामग्री पनि नागरिकका घरघरमा टाँस्नुका साथै सार्वजनिकस्थलमा पनि प्रदर्शन गरेका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि यहाँका राजनीतिक दलका नेता आफ्नो चुनावी अभियानलाई तीव्ररुपमा अगाडि बढाइरहेका छन्। 

स्थानीय नागरिकका घरघरदेखि खेतबारीमा समेत उम्मेदवार भोट माग्न रातदिन खटिएका छन्। मत लाग्न व्यस्त यहाँका राजनीतिक दलले आफ्ना चुनाव प्रचार सामग्री पनि नागरिकका घरघरमा टाँस्नुका साथै सार्वजनिकस्थलमा पनि प्रदर्शन गरेका छन्। 

उता निर्वाचन आयोगले सार्वजनिक ठाउँ, सडक, विद्युत्को खम्बा लगायतका ठाउँमा राजनीतिक दलले आफ्ना पोष्टर, पर्चा, पम्पलेट टाँसेका भए तत्काल निकाल्न निर्देशन दिएको भए पनि यहाँका प्रमुख राजनीतिक दलले त्यसको पालना नगरेको पाइएको छ। दलका पर्चा, पम्पलेट, पोस्टर तथा तोरणले यहाँका सार्वजनिक ठाउँ र सडक झिलीमिली छन्।

स्थानीय तह निर्वाचन आचारसंहिताविपरीत सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा (एमाले)ले यहाँका प्रमुख बजार दिपायल सिलगढीमा रहेका सार्वजनिक स्थानमा आफ्ना पोस्टर, पम्पलेट तथा झण्डाको तोरण बनाएर टाँगेको पाइएको छ। 

प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमालेले सिलगढी बजारमा नै पार्टीबाट नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा नं ६ का वडाध्यक्ष र सदस्य पदका उम्मेदवारको तस्वीर भएको पोस्टर र चुनाव चिह्न अङ्कित झण्डाको तोरण बनाएर सडक माथि टाँगेका छन्। 

स्थानीय तह निर्वाचन आचारसंहिताले सार्वजनिक स्थानमा कुनै पनि दलले पर्चा, पम्पलेट, तोरण तथा पोस्टर टाँस्ने कार्य गर्न रोक लगाएको भए पनि यहाँका ठूला दलले नै उक्त नियमको पालना गरेको पाइएको छैन। 

यसका साथै जिल्लाका विभिन्‍न ठाउँमा अन्य साना दलले निर्वाचन आचारसंहिता विपरीत तुल, ब्यानर, भित्ते लेखन, टिसर्ट, ज्याकेट, टोपी, झण्डा प्रचारप्रसारमा प्रयोग गरिरहेका दिपायल सिलगढी नगरपालिका–२ का डम्बरसिंह कठायतले बताए। 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत टाँसिएका दलका प्रचार सामग्री हटाउन निर्देशन दिएको छ। जिल्ला निर्वाचन अधिकृत विदुर काफ्लेले सबै दललाई निर्वाचन आचारसंहिता विपरीत टाँसिएका सामग्री तत्काल हटाउन निर्देशन दिइ सकिएको जानकारी दिए। 


प्रकाशित: May 05, 2022| 21:20 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...