काठमाडौं- रोल्पा त्रिवेणी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी राधिका हमालले आफ्नै स्वरमा चुवानी गीत ल्याएकी छन्।
कांग्रेसलाई भोट माग्दै 'जय नेपालको नारा' बोलको गीत ल्याएकी राधिकालाई विमलराज क्षेत्री, बद्री सापकोटा र अञ्जु पोखरेलले साथ दिएका छन्।
गीतलाई विमलराज क्षेत्रीको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको छ। प्रवास मिडिया समन्वय सञ्जालको प्रस्तुति रहेको गीतमा शम्भु सापकोटा र जानुका राउतका शब्द छन्। बद्री सापकोटाको लय रहेको गीतमा सुनील परियारको एरेन्ज छ।
२००७ साल, २०४६ र २०६२/६३ का परिवर्तनमा कांग्रेसको नेतृत्वदायी भूमिका निभाएको लगायतका विषय समावेश गरिएको छ।
गायिका हमाल गत स्थानीय निर्वाचनमा त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेसबाट उपाध्यक्ष उम्मेदवार बनेकी थिइन्। उनले उपविजेतामा मात्र चित्त बुझाउनु परेको थियो। यसपाली कांग्रेसले उनलाई सोही पालिका अध्यक्षमा उम्मेदवार बनाएको हो।
भिडियो