बुधबार, असार १०, २०८३

टाटा एसको इलेक्ट्रिक भर्सन ‘एस ईभी’ सार्वजनिक

टाटा मोटर्सको ‘टाटा एस’ इलेक्ट्रिक भर्सनमा ‘एस ईभी’ सार्वजनिक भएको छ। सरकारको प्राथमिकता र इलेक्ट्रिक सवारी साधनप्रति ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै टाटा मोटर्सले एस ईभी भित्र्याएको हो।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- टाटा मोटर्सको ‘टाटा एस’ इलेक्ट्रिक भर्सनमा ‘एस ईभी’ सार्वजनिक भएको छ। सरकारको प्राथमिकता र इलेक्ट्रिक सवारी साधनप्रति ग्राहकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै टाटा मोटर्सले एस ईभी भित्र्याएको हो। 

National life

कमर्सियल भेइकलको रुपमा बजारमा उपलब्ध गराएको १७ वर्ष पश्चात टाटा मोटर्सको ‘छोटा हाथी’ सेगमेन्ट निकै लोकप्रिय बन्यो। 

टाटा मोटर्सले यसमा पहिलो पटक इभोजेन पावरट्रेनको प्रयोग गरेको छ, जसले १५४ किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ। 

यसमा भएको २१.३ किलोवाट आवरको ब्याट्री प्याकले ३६ बीएचपी पावर र १३० एनएमको टर्क जेनेरेट गर्छ। टाटा मोटर्सका अनुसार यसको ड्राइभिङ रेन्ज बढाउनका लागि उन्नत ब्याट्री कुलिङ सिस्टम र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम समेत उपलब्ध छ।

हाल उपलब्ध ग्यासोलिन पावर भर्सनसँगको एस ईभी समेत निकै नै मिल्दोजुल्दो छ। यद्यपि यसलाई फरक देखाउनका लागि आफ्नै ईभी ब्रान्डिङ गरिएको छ। ठूलो र बोल्ड अक्षरमा ‘एस ईभी’ को ब्रान्डिङ गरिएको छ।

Shivam cement

इन्टेरियरमा ब्लुटुथ कनेक्टिभिटी सहितको ७ इन्चको इन्फोटेनमेन्ट सिस्टम छ। सेन्टर ड्यासमा इन्टरटेनमेन्ट सिस्टमसँगै इन्स्ट्रयुमेन्ट क्लस्टर छ। यसमा ब्याकअप क्यामेरा, टायर प्रेसर मोनिटरिङ सिस्टम र अन्य विभिन्न फिचर छन्।

अल इलेक्ट्रिक भर्सनमा उपलब्ध टाटा एसको मूल्य सार्वजनिक नगरिए पनि यसको मूल्य ४ लाख साढे ५ लाख भारु सम्म हुने अनुमान गरिएको छ। नेपाली बजारमा समेत निकै नै लोकप्रिय मानिने सानो पिकअप ट्रक टाटा एसको इलेक्ट्रिक भर्सन आगामी दिनमा समेत लोकप्रिय हुने अपेक्षा गरिएको छ।

प्रकाशित: May 05, 2022| 19:13 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्